Logo २३ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025


सर्वोच्चको परमादेशपछि कार्यकारी निर्देशकमा पुनःबहाली ‘न्यायको जीत’ भयाे : हितेन्द्र शाक्य


351
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पदमा पुनःबहाली गर्ने आदेश दिएपछि उहाँले यसलाई ‘न्यायको जीत’ भएको बताउनुभएकाे छ ।

सरकारको निर्णयबाट आफू आहत भएको उल्लेख गर्दै शाक्यले न्यायालयको आदेशले ठूलो राहत मिलेको बताउनुभयाे। “न्यायालयको निर्णयले राहत महसुस भएको छ,” उहाँले भन्नुभयाे। अब आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गर्नुभयाे।

न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले सोमबार शाक्यको पक्षमा परमादेश जारी गरेको हो। गत असोज ५ गते सरकारले शाक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। सो निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गर्नुभएकाे थियाे ।