Logo २३ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025


सडकमा रोकिइराखेको इभी आफैँ गुडेर दुर्घटना


741
Shares

काठमाडौं ।

काठमाडौँको नयाँबजारस्थित नयाँ पुलनजिकै विष्णुमती करिडोरमा आज बिहान एक टाटा इभी ट्याक्सी अनियन्त्रित गुडेर दुर्घटनामा परेको छ।

बागमती प्रदेश–०१००२ ज ८०८२ नम्बरको उक्त विद्युतीय ट्याक्सी सडकमा रोकिएको अवस्थामा आफैँ चल्न थालेको र नजिकैको संरचनामा ठोकिएको प्रहरीले जनाएको छ।

दुर्घटना हुँदा सवार चालक गाडीभित्र नभएकाले मानवीय क्षति हुन पाएन। गाडीमा सामान्य क्षति पुगेको र अन्य अवस्था सामान्य रहेको बताइएको छ।