Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


सुडानमा विद्रोही समूहकाे आक्रमणमा परी ६३ बालबालिकासहित ११४ जनाकाे मृत्यु

६ दर्जन बढी घाइते

286
Shares

एजेन्सी। अफ्रिकी मुलुक सुडानको दक्षिण कोर्डोफान प्रान्तको कालोगी क्षेत्रमा सशस्त्र समूहले किन्डरगार्डनमा गरेको ड्रोन आक्रमणमा ६३ बालबालिकासहित १ सय १४ जनाको मृत्यु भएको छ।

किन्डरकार्डे र वस्ती क्षेक्रमा गरेको आक्रमणमा ६ दर्जन बढी घाइते भएका हुन् । घाइते मध्ये अधिकांशकाे अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन्। यसैबीच, सुडानी अधिकारीले अब्दुलअजिज अल-हिलु नेतृत्वको विपक्षी सशस्क्र समूहले द्रुत सहयोग बलसँग मिलेर नागरिक बस्तीमै लक्षित गरी आत्रमण गरेको आरोप लगाएका हुन् ।

सेनाले शुरुमा ९ जनाको मृत्यु र ७ जना घाइते भएको जानकारी दिएपनि मृतकको संख्या १ सय बढी पुगेको प्रान्तीय सरकारले जनाएको छ। सुडानको विद्रोही अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्से (आरएसएफले) सन् २०२३ को अप्रिलदेखि शुरु गरेको युद्धमा दशौं हजारको ज्यान गईसकेको छ। लाखौं नागरिक विस्थापित भइसकाे समेत जनाइएकाे छ।