Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


आगामी फागुनमा निर्वाचन हुँदैन: संरक्षक प्रसाई


949
Shares

काठमाडाैं। नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईले सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन समयमा नहुने बतानुभएको छ।

सिंहदरबारमा साेमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उहाँले संचारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे। उहाँले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिनुभएको छ। माग पूरा नभएपछि निर्वाचन समेत ताेकिएकाे मितिमा नहुने उहाँकाे दावी थियाे।

संरक्षक प्रसाईले किराँत, बौद्धसहितको हिन्दु अधिराज्य-राजसंस्थाका सन्दर्भमा र अहिलेको व्यवस्थाका सम्बन्धमा जनमत संग्रह गर्न आग्रह गर्नुभएकाे छ।