Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको पत्र महासचिव पोखरेललाई बुझाए

नेतृत्वमा पुनर्गठन नभए पार्टी गलत ढंगले अघि बढ्ने जिकिर

1.2k
Shares

काठमाडाैं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुभएको छ।

काठमाडाैमा सोमबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पोखरेलले आफू पक्षका नेताहरुसहित महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाउनुभएको हो। पार्टीको निर्माण, सञ्चालन, सामूहिक नेतृत्व तथा पार्टी भित्रको नियन्त्रण र सन्तुलनको परिचालन, जनताको बहुदलीय जनवादबाट निर्देशित भएर कसरी चल्नुपर्छ भन्ने विषयमा केन्द्रित भएर आफूहरुले सोही अवधारणा पत्र तयार पारेको वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट पार्नुभयो। उहाँले आफूहरुले सोही अवधारणा पत्र महाधिवेशनमा व्यवस्थित रुपमा राख्ने समेत बताउनुभएकाे छ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनका लागि प्रतिनिधि चयनमा केही ठाउँमा देखिएको समस्या समाधान भइसकेको समेत बताउनुभयो। अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै सोही अवधारणा पत्र बुझाउन अनुकूल नभएपछि पार्टी केन्द्रीय कार्यालयमा बुझाइएको पनि उहाँले बताउनुभएकाे छ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरुले नेतृत्वमा पुनर्गठन चाहेको र त्यो नभए पार्टी गलत ढंगले अघि बढ्ने जिकिर समेत गर्नुभयो।