काठमाडाैं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार सामान्य अंकले घटेको छ।
बजार बन्द हुँदा नेप्से ३ अंकले घटेर परिसूचक २ हजार ६ सय ६ दशमलव ६७ बिन्दुमा आएको हाे। नेप्से घट्दा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ४६ हजार ४ सय कित्ता शेयर कारोबार भएको छ।
बजार बन्द हुँदा ९९ वटा कम्पनीको शेयर मूल्य घटेको छ। १ सय ४७ वटा कम्पनीको शेयर मूल्य भने घटेको हाे। १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। दिनभरीमा ३ सय ३१ वटा कम्पनी कारोबारमा आउँदा ८३ हजार २ सय ७३ पटक शेयर किनबेच भएको हाे। ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
१३ वटा समूह मध्ये हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र ट्रेडिङ समूह बाहेक सबै समूह घटेको नेप्सेले जनाएकाे हाे ।





प्रतिक्रिया दिनुहोस्