काठमाडौं ।
फ्रान्समा कार अनियन्त्रि भइ मानिसको भीडमा पस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
फ्रान्सको ग्वाडेलुपको सेन्टयन्न शहरमा मानिसको भीडमा कार पस्ता अन्य पनि घाइते भएको अन्तराष्टिय संचारमाध्मले जनाएका छन् ।
क्रिममसको अवसशमा मानिसहरू बत्ती बाल्दै, सजावट गदै गरेको स्कोएलचर स्क्वायरमा कार दुर्घटना भएको हो । घटनामा कुल १९ जनालाई कारले किचेकोमा १० जनाको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
तीन गम्भीर घाइतेको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ । कार चालकले घटनास्थलमै आत्मसमर्पण गरेपछि प्रहरीले पक्राउ गरि हिरासतमा लिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ग्वाडेलुप क्यारिबियन सागरमा अवस्थित पर्यटकहरूका लागि लोकप्रिय क्षेत्र हो ।





प्रतिक्रिया दिनुहोस्