Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


आगामी निर्वाचनमा १ सय १४ दलले भाग लिने


91
Shares

काठमाडौं ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा १ सय १४ वटा दलले भाग लिने भएका छन् ।

निर्वाचन आयोगले ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । कूल १ सय २० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन दिएकामध्ये १ सय २ वटालाई एक्ला एक्लै र १२ वटालाई संयुक्त रूपमा प्रतिस्पर्धामा जाने गरी चुनाव चिह्न दिइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार १२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिह्न प्रयोग गरी चुनावमा भाग लिनेछन् । यस आधारमा कूल १ सय ७ वटा चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

चुनावका लागि १ सय २० निवेदन परेकोमा १३ वटा खारेज भएको छ । आयोगले प्रदान गरेका चुनाव चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् ।