Logo २२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025


लमहीमा होटल सञ्चालक मृत फेला


0
Shares

काठमाडौं । दाङ देउखुरीकाे लमहीमा एक होटल सञ्चालक मृत फेला परेका छन् ।

होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार खनाल आफू सुत्ने कोठा भित्रै मृत फेला परेका छन् । ‘तीन तलाको होटलको पहिलो तलामा उहाँहरु सपरिवार बस्नु हुँदोरहेछ, आज बिहान कोठाभित्रै मृत फेला पर्नुभयो,’ घटनास्थलको प्रकृति हेर्दा खनालले आत्महत्या गरेको जस्तो देखिने प्रहरी बताएकाे छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।