Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


गौरव खन्नाले जिते ‘बिग बोस १९’को ‘टाइटल’


299
Shares

काठमाडौं । भारतीय रियालिटी शो बिग बोस १९ को ग्रान्ड फिनालेमा गौरव खन्नाले जिते भने फरहाना भट्ट उपविजेता भइन्।

अमाल मलिक पाँचौं, तान्या मित्तल चौथो र प्रणीत मोरे तेस्रो स्थानमा रहे। ग्रान्ड फिनाले आइतबार मुम्बईमा भएको थियो।

विजेता गौरव खन्ना एक प्रसिद्ध टिभी अभिनेता हुन् जसले सिआईडीु र अनुपमा जस्ता सिरीयलहरूमा देखा परेका छन्। कार्यक्रम जितेबापत गौरवले बिग बोस ट्रफी र भारू ५० लाख नगद पुरस्कार प्राप्त गरे।

फिनालेमा कार्तिक आर्यन, अनन्या पाण्डे, अरमान मलिक र करण कुन्द्रा जस्ता धेरै स्टारहरू पुगेका थिए। भोजपुरी सुपरस्टार पवन सिंह पनि फिनालेमा उपस्थित भए। उनलाई लरेन्स गिरोहबाट कार्यक्रममा उपस्थित नहुन धम्की आएको थियो, तर उनले यसको बाबजुद पनि उपस्थित भए।

यसैबीच, शोको क्रममा धर्मेन्द्रलाई सम्झँदा सलमान भावुक भए। बिग बोसको यो सिजन अगस्ट २४ मा सुरु भएको थियो। यस सिजनमा कुल १८ प्रतियोगीले भाग लिएका थिए।