काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको छ।
पूर्वराष्ट्रपति भण्डारीले आइतबार दिउँसाे जेनजी आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको हो। उहाँलाई सिंहदरमा भएको वस्तुस्थितिकाे बारेमा अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराउनुभयो।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी र तोड्फोड भएको थियो । प्रधानमन्त्री कार्यालयसहित, अर्थ, स्वास्थ्य मन्त्रालयहरुमा आगजनी, तोड्फोड र लुटपाट भएको थियो।

















प्रतिक्रिया दिनुहोस्