Logo २१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025


मधेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण

सुशासन पहिलो प्राथमिकतामा

299
Shares

काठमाडाैं। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण कुमार यादवले पदभार ग्रहण गर्नुभएको छ।

आइतबार नै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले छिटै नै मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिनुभयो। पहिलो दिनदेखि नै काम गर्ने उद्देश्यका साथ सरकारमा आएको बताउदै उहाँले सत्ता घटकका सबै दलबाट प्रतिनिधित्व हुनेगरी छिटै नै मन्त्रीमण्डल विस्तार गर्ने बताउनुभयो। मुख्यमन्त्री यादवले प्रतिपक्षी दलहरुबाट समेत रचनात्मक सहयोग प्राप्त गर्ने अपेक्षा गर्नुभएको छ।

मुख्यमन्त्री यादवले सुशासन कायम गर्ने र प्रदेशबाट गर्नसक्ने कार्यहरु छिटो, छरितो गर्ने काममा आफू लाग्नेबताउनुभयो।उहाँले मधेशमा अब स्थायित्व कायम हुने समेत दावी गर्नुभएकाे छ।