Logo २१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025


एनपीएलमा समूह चरणको अन्तिम खेल आज, कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै


0
Shares

काठमाडौं ।

नेपाल प्रिमियर लिग अन्र्तगत आज समूह चरणको अन्तिम खेल हुँदैछ । त्रीवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्ले अफ पुग्न नसकेका कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच आज प्रतिस्पर्धा हुने भएको हो ।

समूह चरणमा बिसर्न लायक प्रदर्शन गरेको साविकको विजेता जनकपुर यो संस्करणको अन्तिम खेल आफ्नो पक्षमा पार्न चाहन्छ । त्यस्तै कर्णाली याक्स पनि यो संस्करणलाई सुखद बिदाईको लक्ष्यमा रहेको छ । यी दुई टिमबीच हुने आजको खेलले तालिकाको पुछारमा रहने टिमको टुंगो लगाउनेछ ।

एनपीएलमा मंगलवार पहिलो क्वालिफायर खेल हुँदैछ । जहाँ शीर्षस्थानको सुदुरपश्चिम रोयल्स तथा विराटनगर किंग्स भिड्नेछन् । त्यस्तै अर्को क्वालिफायर खेल काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स बिच हुनेछ । मंगलबार हुने सुदुरवपश्चिम र विराटनगरबीच हुने खेलको विजेता सिधै यो संस्करणको फाईनलमा पुग्नेछ भने पराजित हुने टोलीले काठमाडौ र लुम्बिनीबिच हुने खेलको विजेतासँग फाईनल प्रवेशका लागि खेल्नेछ ।

समूह चरण अन्र्तगत हिजो दुई खेल भएका थिए । पहिलो खेलमा विराटनगरले सुदुरपश्चिमको अपराजित यात्रामा पूर्णविराम लगाउँदै ६ विकेटको जित निकालेको थियो । सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य लक्ष्यलाई विराटनगरले ११ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेटाएको थियो ।

हिजो नै भएको अर्को खेलमा चितवन राईनोजमाथि पोखरा एभेन्जरर्सले सान्त्वना जित निकाल्यो । समूह चरणबाट बाहिरीसकेका यी दुवै टोलीको खेलमा चितवनले १ सय २१ रनको मध्यम लक्ष्य दिएकोमा पोखराले अन्तिम ओभरमा दुईविकेटको क्षेतिमा सफल भयो । चितवनमाथि पोखराले ८ विकेटको नतिजा निकालेको थियो ।