एजेन्सी ।
भारतको गोवास्थित नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएकाे छ ।
ज्यान जानेमा उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू र पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको जनाइएकाे छ। अधिकांश शवहरू भान्सा वरपर फेला परेकाले क्लबका कर्मचारी रहेको अनुमान गरिएकाे छ ।
द इन्डियन एक्सप्रेसका अनुसार उक्त आगलागी तटीय क्षेत्रको सबैभन्दा लोकप्रिय समुद्र तटमध्ये एक बागामा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा भएको थियो।
मुख्यमन्त्री प्रमोद सावन्तले पत्रकारहरूलाई बताएअनुसार तीन जनाको जलेर र अरूको निसास्सिएर मृत्यु भएको छ। उनले तीन वा चार पर्यटकहरूको मृत्यु भएको जानकारी दिए, जसको उमेर र राष्ट्रियता अझै खुल्न सकेको छैन।
आगलागीको कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्