काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट नेकपा एमाले फेरी सरकारमा आउने दाबी गर्नुभएको छ ।
आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित नभएपनि कुनैपनि बेला हुने निर्वाचनबाट एमाले सरकारमा आउने ओलीको भनाई थियो ।
आज पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनपछि एमालेले सरकार बनाउने भएकाले आफूहरु सो निर्वाचनको पर्खाईमा रहेको बताउनुभयो । अध्यक्ष ओलीले एमालेलाई नदीसँग तुलना गर्दै सानातिना भाटा लगाएर निर्वाचनपछि सरकार बन्नबाट कसैले रोक्ने नसक्ने तर्क गर्नुभयो ।
अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसको वैधानिकतामाथि प्रश्न उठाउनुपरेको पनि दोहो¥याउनु भयो ।
सोही अवसरमा बोल्दै ओलीले जनेजी आन्दोलनसम्बन्धी छानबिन आयोगमाथि सहिद परिवारलाई ‘कोचिङ’ गरेको गम्भीर आरोप लगाउनुभएको छ । आयोगले तथ्य पत्ता लगाउनेभन्दा पनि कथित रूपमा बयान मिलाउने अभ्यास गरिरहेको ओलीले दाबी गर्नुभयो ।
छानबिन आयोगका अध्यक्षसहितका पदाधिकारी ४ दिनअघि सहिद तथा घाइते परिवारको नाममा खोलिएको कार्यालयमा पुगेको ओलीको दाबी छ । त्यहाँ पुगेर आयोगका पदाधिकारीले फलाना, फलानालाई पोल्नु भनेर सिकाएको समते उहाँले आरोप लगाउनुभयो ।





प्रतिक्रिया दिनुहोस्