Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


ललितपुर महानगर जे बोल्छ, त्यो पूरा गर्छः मेयर महर्जन


143
Shares

काठमाडाैं। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नगरपालिकाले सबै नगरपालिकाहरु भन्दा राम्रो काम गरेको दावी गर्नुभएको छ।

ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे दावी गर्नुभएको हो। मेयर महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको दावी समेत गर्नुभयो। आफूले बोलेका सबै कुराहरु पूरा हुने गरी काम गरेको उहाँको जिकिर थियो। उहाँले राम्रो काम गरेका कारण नै आफ्नो महानगरपालिकाले वर्ष २/३ वटा भन्दा बढी राष्ट्रिय स्तरको पुरस्कार पाउने गरेको समेत उल्लेख गर्नुभएकाे छ।

सबै भन्दा राम्रो काम गरेको भनेर पहिचान दिलाउने काममा मातहतका निकायको महत्वपूर्ण भूमिका रहेको बताउदै उहाँले आभार समेत व्यक्त गर्नुभयो। मेयर महर्जनले टिम वर्कमा काम गरेको हुनाले महानगरपालिकाले एक पछि अर्को सफलता हासिल गर्दै गएको पनि बताउनुभएकाे छ।