Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्‍याउनुपर्छ: सुनिल शर्मा


182
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता एवं काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्‍याउनुपर्ने बताउनुभएको छ।

भक्तपुरको कौशलटारस्थित पुलमुनि बस्दै आएको इलामका एक व्यक्तिलाई उद्धार गरी अस्पतालमा उपचार गर्न लैजाने क्रममा शुक्रबार उहाँले यस्तो बताउनुभएको हो। उहाँले स्वास्थ्य बीमा कार्यक्रमला ५ देखि १० लाखसम्म पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो। आफूले यसकाे बारेमा सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गरिसकेको उहाँको भनाइ छ।

वर्तमान सरकारले पनि यसकाे बारेमा उचित कदम चाल्नुपर्ने उहाँले आग्रह गर्नुभएकाे हाे। उपचार नपाएर तड्पिएका नागरिकहरु नेपालमा हजारौंको संख्यामा रहेको बताउदै उहाँले यो समस्या सरकारीस्तरबाटै समाधान हुनुपर्ने जिकिर गर्नुभयो। राज्यको नीतिबाटै उनीहरुको स्वास्थ्योपचारको ग्यारेन्टी हुनुपर्ने उहाँले बताउनुभएकाे छ।

१ हजार शैय्याको निःशुल्क उपचार गर्ने अस्पताल निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो। नेता शर्माले हनुमन्ते खोलाको पुलमुनि बस्दै आएका इलामका एक नागरिकको पेट सुन्निएको र उपचार गर्न नसकेको र उनलाई केएमसी अस्पताल लगेर उपचार शुरु गर्नुभएको हो।

उक्त व्यक्तिको पेट सुन्निएको एक हप्ता भइसकेकाले उपचार जरुरी रहेको नेता शर्माको भनाइ छ।