एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा शिष्टाचार भेटवार्ता भएको छ।
यो २३ औं भारत-रूस वार्षिक शिखर सम्मेलनको मुख्य द्विपक्षीय वार्ता हो। दुई देशबीच रक्षा, ऊर्जा, व्यापार, आणविक ऊर्जा र रणनीतिक प्रविधिमा थप सहकार्य सन् २०३० सम्म १ सय अर्ब अमेरिकी डलर द्विपक्षीय व्यपार पुग्ने लक्ष्य मुख्य एजेण्डा रहेका बताइएको छ। भेटअघि प्रधानमन्त्री मोदीले फेरि भारत शान्तिको पक्षमा रहेको र युक्रेन युद्धको सन्दर्भमा आफ्नो सन्तुलित अडान स्पष्ट रहेको बताउनुभयो।
दुवै नेताबीच विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने गरी दर्जनौं सम्झौता भएका छन् ।





प्रतिक्रिया दिनुहोस्