काठमाडाैं। पाकिस्तानमा प्रहरी मोबाइलमा भएकोआतंकवादी आक्रमणमा ३ जना प्रहरी कर्मचारीको मृत्यु भएको छ।
उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा उनीहरुकाे मृत्यु भएकाे हाे। अर्का एक जना घाइते भएको प्रहरीले बताएको छ। नाम न छाप्ने शर्तमा एक प्रहरी अधिकारीले बताएअनुसार घटना हुँदा जिल्लाको पनियाला क्षेत्रमा प्रहरी टोली गस्तीमा रहेको थियो। अज्ञात आतंककारीहरूले प्रहरी टोलीमाथि हातहतियार प्रहार गरेका थिए ।
त्यसपछि गोली चलेको र एक सहायक उपनिरीक्षक र दुई प्रहरीसहित तीन प्रहरी कर्मचारीको मृत्यु भएको बताइएको छ। सुरक्षा बल र प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरी खोजी अभियान शुरु गरेको छ। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दवी गरेको छैन।





प्रतिक्रिया दिनुहोस्