Logo १९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025


ग्रीसमा ४४ नेपालीलाई गोदाममा कैद गरी जबरजस्ती काममा लगाउने पाकिस्तानी गिरोह पक्राउ


0
Shares

काठमाडौं ।
ग्रीसमा राम्रो तलब र कानुनी रूपमा सुन्तला खेतीमा काम गर्ने प्रलोभनमा परेका ४४ जना नेपाली युवालाई गोदाममा कैद गरी जबरजस्ती काममा लगाउने पाकिस्तानी तस्कर गिरोहलाई प्रहरीले पक्राउ गरेकाे छ ।

‘ड्यानी’ भनेर चिनिने २६ वर्षीय पाकिस्तानी नागरिकले अनलाइनमार्फत ती नेपालीहरूलाई फेला पारी आकर्षक तलब, आवास व्यवस्था र कानुनी कागजात उपलब्ध गराउने भन्दै स्काला, लाकोनिया बोलाएकाे प्रहरीले जानकारी दिएकाे छ।

करिब एक महिनाअघि नियोचोरी क्षेत्र पुगेका नेपालीहरूलाई ड्यानीले गोदाममा राखी बाहिर नजान दिने, दैनिक रूपमा ट्रक र कारमा खेतसम्म लैजाने र तलब नदिई सुन्तला टिप्न बाध्य पार्ने गरेको प्रहरीले जनाएको छ। तीन–चार जना अन्य पाकिस्तानीहरू पनि यसमा संलग्न रहेको खुलेको छ।

पाकिस्तानी तस्करहरूले नेपाली युवाहरुकाे यात्रा कागजात खोसेका थिए र ग्रीस ल्याएको भुक्तानीका नाममा प्रत्येकले १,५०० युरो तिर्नुपर्ने धम्की दिंदै मानसिक दवाव दिएकाे बताएका छन् ।

गत महिना नोभेम्बर २६ को दिउँसो मानव बेचबिखनविरुद्धको हटलाइन ११०९ मा आएको सूचना आधारमा आइटोलिकोस र मेसोलोङ्घीका प्रहरी अधिकारीहरूले खोजतलाश गर्दा उनीहरूलाई गोदाममै फेला पारेकाे हा‍े। प्रहरीका अनुसार गोदाम ४४ वर्षीय ग्रीस नागरिक पनि रहेको र उनीविरुद्ध पनि मुद्दा दायर हुन लागेका जनाएकाे छ ।

प्रहरीले घटनामा प्रयोग भएका दुई ट्रक र एक कार समेत बरामद गरेको छ। तीमध्ये एक कार २८ वर्षीय पाकिस्तानी नागरिकको नाममा दर्ता रहेको र उनलाई समेत खोजी गरी पक्राउ प्रक्रिया अघि बढाइएको छ।