Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


अख्तियार प्रमुख राईसहित १० जना हाइप्रोफाइल व्यक्तिका घरमा सुरक्षा निगरानी गर्न प्रहरीकाे सर्कुलर

एक युवकले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोले बनाउँदै छ तरंगित

9.5k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना हाइप्रोफाइल व्यक्तिहरूका घरकाे वरपर सुरक्षा निगरानी गर्न प्रहरीले सर्कुलर गरेकाे छ।

काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बिहीबार हाइप्रोफाइलका १० जनाको निवासस्थान, भ्रमण मार्ग र कार्यक्रमस्थलमा निगरानी बढाउन सर्कुलर गरेको हो। आफूलाई उग्रवादी संगठनको अध्यक्ष बताउने युवकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर धम्की दिएका थिए। ती युवकले लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खांण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईलाई ज्यान मार्ने धम्की दिएका हुन् । युवकले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा पूर्वआईजीपीहरू तथा अख्तियार प्रमुखलाई ‘सफाया’ गरिने उल्लेख गरिएकाे छ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा उपत्यका प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रहरी युनिटहरूलाई सर्कुलर गर्दै धम्की दिएका व्यक्तिहरू सहभागी हुने कार्यक्रमस्थलमा पनि निगरानी गर्न र सूचना संकलन गर्न निर्देशन दिएकाे छ।