Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश

चितवन राइनोज भने ४९ रनले पराजित

624
Shares

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गरेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार राति सम्पन्न भएकाे दाेस्राे खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गरेकाे हाे। सुदूरपश्चिमले लगातार ६ खेलमा जित निकालेर शीर्ष २ स्थान पक्का गरेको छ। सुदूरपश्चिमले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चितवन १७ दशमलव१ ओभरमा १ सय २० रनमै अलआउट भएकाे थियाे।

लगातार छैठाैं जित निकालेको शीर्ष स्थानको सुदूरपश्चिमले १२ अंक जोडेको छ। अब उसले मंगलबार शीर्ष दुई मा पर्ने अर्को टोलीसँग प्रतिस्पर्धा गर्ने भएकाे छ। जित हात पारे उसले फाइनलमा स्थान बनाउनेछ। पराजय भए पनि उसले फाइनलमा स्थान बनाउनका लागि दोस्रो क्वालिफायरको मौका पाउने भएकाे हाे।

सुदूरपश्चिमको जितसँगै विराटनगर किंग्स पनि प्लेअफमा पुगेको छ। यसअघि बिहीबार काठमाडाै् गोर्खाजले पनि प्लेअफमा स्थान बनाएको हाे। साेसँगै सुदूरपश्चिम, काठमाडाैं र विराटनगर गरी ३ टोलीले प्लेअफमा स्थान पक्का गरेका छन्।

अब एक स्थानको लागि चितवनसँगै, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सको सम्भावना हुनेछ। लुम्बिनी लायन्स जित हात पारेको खण्डमा भने अरु टोली बाहिरने छन्। लुम्बिनीको हारले भने अरु टोलीको सम्भावना हुने भएकाे छ। साथै लुम्बिनी लायन्सले शुक्रबार जनकपुर बोल्ट्सलाई पराजित गरे प्लेअफमा पुग्नेछ।

चितवनसँगै पोखरा एभेन्जर्स र जनकपुर बाहिरिने भएका छन्।