Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


नेपालमा राजनीतिक दल च्याउसरी ! (भिडियाे रिपाेर्ट)

नयाँ दलकाे देशमा बलियो संगठन पनि छैन, जनतामा कस्तो प्रभाव पार्लान ?

117
Shares

काठमाडाैं । पछिल्लाे समय नेपालमा च्याउसरी राजनीतिक दल खुलेका छन्।

जसरी राजनीतिक दल खोल्न हानाथाप गरिएको हाे। यहि शैलीमाऔद्योगीकिकरण भएको भए देशको अवस्था नै अर्को हुने थियो। समकालीन दलबाट देशले पार नपाउने उद्घोषका साथ खोलिएका दलहरु कालान्तारमा अस्तित्व संकटमा परेका छन्।

झुटा आश्वासन र असम्भव योजनाको प्रलोभलनमा नेपाली जनतालाई झुक्याउने राजनीतिक दलको एउटा अध्याय नै बनेकाे छ। सत्ता र शक्तिका लागि सिद्धान्त नै दाउमा राख्ने दलहरु निर्वाचनको मुखमा सैद्धान्तिकतामा सबै भन्दा अब्बल बन्न खोज्छन् । नागरिकलाई दिग्भ्रमित पारेरै चुनाव जित्ने दलहरुको असफल शैलीले दलीय विश्वासको ध्वजा उडाएको हाे। ७५ वर्षे राजनीतिक इतिहासमा नेपालका दलहरु न सिद्धान्तमा अडिग देखिए न त आफ्ना बाचा पूरा गर्न नै सकेका छन् । दोषारोपणमा आफ्ना गल्ती कमजोरी ढाकछोप गर्दै आएका दलहरुको शैली नयाँ दलले पनि अनुसरण गर्न थालेका हुन् ।

प्रत्येक १० वर्षको इतिहासमा हुने राजनैतिक परिवर्तनको आडमा खुलिरहेका दलहरु यहीं शैलीका कारण अस्तित्व संकटबाट गुज्रेका छन् । पछिल्लो जेनजी आन्दोलनले ल्याएको परिवर्तनले पनि सोही किसिमका राजनीतिक दलको जन्म गराएको हाे। आफ्नो क्षेत्रमा सफल भएका तथा समाजमा स्थापित हुने प्रयास गरिरहेकाहरु आगामी निर्वाचनमा दल खोलेरै होमिने तयारीमा छन् । तर, नयाँ भनिएका दलहरुको घोषणापत्र र सिद्धान्तमा भने नौलो कुरा केही पाइँदैन । तर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पुरानाले दलले देश बनाउन नसकेका कारण आफूले पार्टी स्थापना गरेकाे दावी गर्नुभएकाे छ।

त्यस्तै, ज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पनि पुराना दलले देशमा सुशासन गर्न नसकेकाे आराेप लगाउनुभयाे। घिसिङ संरक्षक रहेको पार्टीले सुशासन, समृद्धि- सामाजिक न्यायसहित राज्यको क्षमता बढाएर गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई राज्यको अनिवार्य दायित्वभित्र पार्नेसम्मको लक्ष्य लिएको छ। पुराना राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरेता पनि जनमुखी शासकीय क्षमता प्रदर्शन गर्न नसकेको आरोप लगाउँदै पार्टीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारबाट आर्जित सम्पत्ति छानबिन गरी जफत गर्ने नीति अख्तियार गर्नेसमेत योजना लिएको हाे।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले देश र जनतालाई हिलो र माटोसँग जोड्नेगरी लक्ष्य अघि बढाएको छ। श्रमदानलाई नै मूल मुद्दा बनाएर अघि बढेको यो पार्टीले शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा समेत परिवर्तनको आशा देखाएको राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमानसिंह कार्कीले बताउनुभयाे। जनतामाझ बाँडिएका यस्ता आश्वासन निर्वाचनका मुखमा मात्र काम लागेका छन् । त्यस यता त्यसको कुनै अर्थ छैन । अर्को कुरा नयाँ दलहरु प्रयोग भएका छैनन् ।

यी दलहरुको देशैभरी भरपर्दो र बलियो संगठन पनि छैन । यस्तो अवस्थामा यीनले जनतामा कस्तो प्रभाव पार्लान हेर्न भने बाँकी नै छ।

भिडियाे रिपाेर्ट: