Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


११औं महाधिवेशनले फेरी पनि ओलीलाई नै अध्यक्ष बनाउँछ: उपमहासचिव रिमाल


377
Shares

काठमाडौं। नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीको ११ औं महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दावी गर्नुभएको छ।

काठमाडौंमा बिहीबार प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताउनुभएको हो। उपमहासचिव रिमालले ओली फेरि पनि एमालेको अध्यक्ष हुने कुरा निश्चित भएको उल्लेख गर्दै सोही समाचार लेखेरै राख्न पनि सञ्चारकर्मीहरुलाई आग्रह समेत गर्नुभयो। पार्टीको महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो पार्टीले तत्काल सम्बोधन गर्ने समेत उहाँकाे दावी छ।

उपमहासचिव रिमालले नीतिको प्रश्नमा एमालेमा विवाद नभएकाले नेतृत्व चयन पनि सहमति नै हुने अवस्था रहेको तर्क समेत गर्नुभयो।