Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


बजारमा २ दर्जन इन्टरनेट कम्पनीको हालिमुहाली, कसको वर्चस्व कति ?


767
Shares

काठमाडाैं। नेपाली बजारमा इन्टरनेट कम्पनीहरुको बाढी नै चलेकाे छ।

करिब दुई दर्जन बढी कम्पनीहरु प्रतिष्पर्धामा रहेका हुन्। उनीहरुले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भन्दा पनि ग्राहक संख्या बढाउन होडबाजी गरिरहेका हुन्छन् । वल्र्डलिंक, डिसहोम र नेपाट टेलिकमसहित करिब दुई दर्जन कम्पनीको अहिले बजारमा हालिमुहाली छ। बजारमा प्रतिष्पर्धा गर्नेमध्ये सबै भन्दा बढी बजार हिस्सा वल्र्ड लिंकको रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

प्राधिकरणका अनुसार असोजसम्ममा बजार हिस्साको हिसाबले वल्र्डलिंकका सबैभन्दा ग्राहक छन् । वल्र्डलिंकका ग्राहक १० लाख ३६ हजार पुगेका छन् भने इन्टरनेट कम्पनीहरुमा सबैभन्दा बढी बजार हिस्सा कायम गर्न सफल वल्र्डलिंक पछिको डिस होम हो। डिसहोमका ग्राहक ३ लाख ७७ हजार पुगेका छन् । बजार हिस्साको हिसाबले तेस्रो नम्बरमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ। टेलिकमका ग्राहक ३ लाख ६० हजार पुगेका छन् ।

बजार हिस्साको रुपमा चौथो नम्बरमा भायनेट रहेको छ। बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक ३ लाख २५ हजार पुगेका छन् भने पाँचौ नम्बरमा क्लासिक टेक रहेको हाे। क्लासिक टेकले गत असोज मसान्तसम्मा २ लाख ५९ हजार ग्राहक संख्या पुर्‍याएको छ। बजार हिस्साका रुपमा छैठाैं नम्बरमा सुबिसु इन्टरनेट देखिएको हाे। सुबिसुका ग्राहक २ लाख ५४ हजार पुगेका छन् भने सातौं नम्बरमा वेभसफर देखिएको छ। अहिले बजारमा वेभसफरका ग्राहक १ लाख ७६ हजार रहेका छन् ।

त्यस्तै, बजार हिस्साको हिसावले आठौं नम्बरमा टेकमाइन्सले देखिएको हाे। टेकमाइन्सका ग्राहक १ लाख १५ हजार रहेका छन् भने नवाैं नम्बरमा वाइफाई नेपाल र दशौं नम्बरमा सिजि कम्युनिकेशन रहेको छ।
इन्टरनेट कम्पनीहरुले यसरी ग्राहक तानातानमा उत्रिएका हुन् । अहिले पनि उपभोक्ता भने इन्टरनेट प्रयोगमा सन्तुष्ट देखिँदैनन्। इन्टरनेट प्रदायक कम्पनीहरुले इन्टरनेटमा देखिएका समस्याहरु समाधानमा समयमै समाधान गर्न चासो नदेखाउने गरेको गुनासाहरु गर्ने गरेका छन् ।