Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छु: प्रधानमन्त्री कार्की


1k
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गरेर युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकार प्रमुखकाे दायित्व भएको बताउनुभएको छ।

काठमाडाैंमा बिहीबार ज्यापु संस्कृति विकास कोषको आयोजनामा सम्पन्न २२ औं राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो। उहाँले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्णरुपमा तयारीमा जुटेको पनि बताउनुभयो।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले उठाएका मागहरु सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि बताउनुभएकाे छ। जेनजी आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी, गास-बास र कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उहाँले ती मागहरु पूरा सबै कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री कार्कीले संस्कृतिको संरक्षणसँगै पर्यटनसँग जोड्नुपर्ने पनि बताउनुभयो। उपत्यकाका नेवार समुदायलाई योमरी पुन्हि तथा ज्यापु दिवसको अवसरमा शुभकामना समेत उहाँले व्यक्त गर्नुभएकाे छ।