Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


होटलको छतबाट खसेर एक युवतीको मृत्यु


962
Shares

काठमाडौं ।

चितवनकाे रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको हो।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी थिइन्।

उनी सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।