Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


प्रिमियर लिगमा आर्सनलको जित


0
Shares

काठमाडौं ।
इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको आर्सनलले ब्रेन्टफोर्डलाई २–० ले हराएकाे छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन बुकायो साका र मिकेल मेरिनोले एक एक गाल गरे ।

गएराति भएको अर्को खेलमा लिभरपुललाई सण्डरल्याण्डले एक एक गोलको बराबरीमा रोक्दा चेल्सीलाई लिड्स युनाइटेडले ३–१ ले हराएको छ ।

प्रिमियर लिगकै अन्य खेलहरुमा एस्टन भिल्लाले ब्राइटनलाई ४–३ ले हराउँदा क्रिष्टल प्यालेसले बर्न्लेमाथि १–० को जित निकाल्यो ।

यस्तै नटिङ्घम फरेष्टले वुल्भरह्याम्प्टन वान्डरर्सलाई १–० ले हरायो । प्रमियर लिग फुटबलमा गएरातिका खेलहरुपछि १४ खेलबाट ३३ अंक जोडेको आर्सनल शिर्ष स्थानमा छ ।

समान खेलबाट २८ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने २७ अंकसहित एस्टन भिल्ला तेस्रो तथा २४ अंकसहित चेल्सी चौथो स्थानमा रहेको छ ।