Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


देशका अधिकांश भागमा मौसम सफा हुने पूर्वानुमान


52
Shares

काठमाडौं ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। आज राति देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने छ।

काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियसबीच रहने अनुमान छ।