Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख कर्णकाे आह्वान

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

442
Shares

काठमाडौं। मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएकाे छ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बुधबार मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गर्दै यहि मंसिर १९ गतेभित्र नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएकाे हाे। संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई शुक्रबार ५ बजेसम्म दावी पेश गर्न प्रदेश प्रमुख कर्णले आह्वान गर्नुभएकाे छ।

सर्वाेच्च अदालतले पनि मुख्यमन्त्रीले विश्वासकाे मत नपाए १६८ (२) अनुरूप नयाँ सरकार गठनकाे प्रक्रिया थाल्न आदेश दिएकाे थियाे।