Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


आगामी निर्वाचनको वातावरण बनाउन सरकारसँग प्रलोपाकाे माग

सहकारी ठगलाई तत्काल कारबाही गर्नुपर्नेमा जाेड

884
Shares

काठमाडाैं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आगामी निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेको छ।

सिंहदरवारमा बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी सोही पार्टीले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचन निष्पक्ष,धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका निम्ति वातावरण बनाउन ध्यानाकर्षण गराएको हो। निर्वाचनमा विदेशमा रहेका मतदाताहरुले पनि मत हाल्ने पाउने अधिकारको पनि सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराइएको नेता सुदन किरातीले बताउनुभयो।

त्यसैगरी १८ वर्षमा नै निर्वाचनमा उम्मेदवार बन्न पाउने कानूनी व्यवस्था गर्न पनि सरकारसँग पार्टीले माग गरेको छ। जेनजीहरुले उठाएका जायज माग सम्बोधन गर्नुपर्ने र गत भदौ २४ गतेको घटनालाई संक्रमणकालीन न्यायको सिद्धान्तको आधारमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका मागहरु पनि आफूहरुले सरकारसँग राखेको नेता किरातीले बताउनुभयो।

त्यसैगरी पार्टीले सहकारी ठगहरुलाई तत्काल कारबाही गर्न पनि प्रधानमन्त्री कार्कीलाई सचेत गराएको छ।