Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


यू-१९ एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक


273
Shares

काठमाडाैं। यहि मंसिर २६ गतेदेखि शुरु हुने यू- १९ एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने खेल तालिका एशियन क्रिकेट काउन्सिल एसीसीले बुधबार सार्वजनिक गरेको हो। तालिका अुनसार नेपाल समूह ‘बी’ मा परेको छ। यो समूहमा नेपालसँगै बूगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् । समूह ‘ए’ मा भने भारत, पाकिस्तान, यूएई र मलेशिया रहेका हुन् । नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा मंसिर २७ गते श्रीलंकासँग खेल्ने भएकाे छ।

त्यस्तै, मंसिर २९ गते बंगलादेशसँग र आगामी पुस २ गते अफगानिस्तानसँग खेल्ने तालिका रहेको हाे। नेपालले समूह चरणमा आफ्ना सबै खेल द सेभेन्स स्टेडियममा खेल्नेछ। प्रतियोगिताको सेमिफाइनल पुस ४ गते हुने भएकाे हाे। फाइनल खेल भने पुस ६ गते हुने एसीसीले जनाएको छ।