Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


सुनको मूल्य बढ्याे


1.2k
Shares

काठमाडौं ।

नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ । बुधवार सुनको मूल्य ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार मंगलवार प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार बढेर २ लाख ५४ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य समेत बढेको छ ।

महसंघका अनुसार चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला ३ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार बढेर ३ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ ।