Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


मदरसा शिक्षा बोर्ड विधेयक फिर्ता लिन माग


2.6k
Shares

नवीन सिंह 

जनकपुर धाम । विश्व हिन्दु परिषद्ले मधेस प्रदेशमा ल्याउन लागिएको मदरसा शिक्षा बोर्ड विधेयक फिर्ता लिन माग गरेको छ ।

मधेस सरकारको मंसिर १६ गतेको मन्त्रीपरिषद् बैठकबाट मदरसा शिक्षा बोर्ड विधेयक प्रदेशसभामा पुनः ल्याउने तयारी गरेसँगै विश्व हिन्दु परिषद्ले सो विधेयक फिर्ता लिन माग गरेको हो । 

परिषद्ले एक पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय सुरक्षामा खतरा रहेको समयमा यो विधेयकले थप सुरक्षा खतरा निम्त्याउने भन्दै विधेयक फिर्ता लिन माग गरेको हो ।

विश्व हिन्दु परिषद्का महासचिव जितचन्द्र सिंहले मदर्शा शिक्षा बोर्ड विधेयकले विभाजनकारी शिक्षाको बीजारोपण गर्ने भएकाले यो विधेयकको पुनर्मुल्याङ्कन नगरी फेरी ल्याउनु चिन्ताको विषय रहेको बताए । उनले यो विधेयकले मजहबी क्रियाकलापलाई बढवा दिने भएकाले तुरुन्तै विवादित विधेयक फिर्ता लिनुपर्ने माग गरे । 

विश्व हिन्दु परिषद्का महासचिव जितचन्द्र सिंहले नेपालको बहुसंख्यक हिन्दु समुदायमाथि हुँदै आइरहको शृङ्खलाबद्ध आक्रमणको सूक्ष्म अनुसन्धान, सीमा क्षेत्रमा मजहबी क्रियाकलापमाथि प्रतिबन्ध लगाउनुपर्ने, मदर्शा तथा मस्जिदमाथि नियमित अनुगमन हुनुपर्ने, विदेशी फन्डका आधारमा हुँदै आइरहेको इस्लामिक गतिविधिमाथि समेत नियन्त्रण गरिनुपर्ने माग गरे ।