Logo १७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025


मधेसका मुख्यमन्त्रीले आज विश्वासकाे मत लिंदै


0
Shares

काठमाडौं ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिने हुनुभएको छ ।

मुख्यमन्त्री यादवले आज दिउँसो २ बजे विश्वासको मत लिन लाग्नुभएकाे हाे ।

मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट सर्वोच्च अदालतको फैसला सम्बन्धी पत्र प्राप्त भएको जानकारी दिँदै मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने बताउनुभयो ।

विश्वासको मत प्रायोजनका लागि आज प्रदेश सभा सचिवालयलाई पत्र पठाएको उहाँको भनाई छ । विगतमा सहयोग गरेका दलहरूले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।

सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश दिएको थियो ।