Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


एनपीएल सिजनका लागि सामसङको छुट योजना


143
Shares

काठमाडाैं। सामसङ नेपालले एनपीएल सिजनका लागि आफ्ना टिभीहरुको आकर्षक छुट योजना ल्याएको जनाएको छ।

ग्राहकहरूका लागि ग्लोबल नं. १ टिभीहरू अझ पहुँचयोग्य बन्दै गएको कम्पनीले दावी गरेकाे हाे। सामसङले एनपीएल सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टिभीदेखि एचडी टिभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्म क्यासब्याक तथा ७ हजारसम्म एक्सचेन्ज बोनस उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

जसले ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान गर्ने कम्पनीले बताएकाे हाे। यो योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१ तारिखसम्म देशैभरीका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ।

८५ इन्चसम्मका ठूलो स्क्रिन, अत्याधुनिक पिक्चर क्वालिटी, उन्नत स्मार्ट फिचरहरूसहित, सामसङ टिभीहरूले प्रत्येक खेललाई शानदार, स्पष्ट-आकर्षक विवरणसहित हेर्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएकाे हाे। जसले घरमै ‘स्टेडियम–जस्तो’ अनुभव प्रदान गर्ने कम्पनीको दावी छ।