Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


नेकपाले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने


234
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले यहि मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने भएको छ।

१६ वटा विभिन्न राजनीतिक दलहरु मिलेर बनेको नेकपाले जनकपुरधामको तिरहुतिया गाछीमा मंसिर २० गते एकताको सन्देश सभा गर्न लागेको हो। सांगठनिक सुदृढीकरण तथा आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी स्वरुप नेकपाले विभिन्न प्रदेशहरुमा पुगेर शीर्ष नेताहरुको उपस्थितिमा एकताको सन्देशसभा गर्न लागेको नेकपाका नेता महेन्द्रराय यादवले जानकारी दिनुभयो।

उहाँले सन्देश सभामार्फत एकता प्रकृयालाई सुदृढ बनाउनुका साथै फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तयार रहेको सन्देश दिने बताउनुभएकाे छ। ८ वटै जिल्लामा सहजकर्ता खटाएर अमासभामा सहभागी हुनका लागि आम नागरिकलाई सहजीकरण गरिएको उहाँले बताउनुभयो।

सन्देश सभामा ४० हजार बढीको ८ वटै जिल्लाबाट सहभागिता रहने अनुमान गरिएको छ। सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र मातृका यादव लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।