Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


बाजुराकाे मार्तडीमा आगलागी हुँदा करोडौंको क्षति


104
Shares

काठमाडाैं। बाजुराकाे सदरमुकाम मार्तडीमा मंगलबार आगलागी भएको छ।

साेही आगलागीका कारण करोडौं रुपैयाँको क्षति भएको प्रहरीले बताएकाे हाे। बडीमालिका नगरपालिका-८ का प्रकाश थापाको पसलमा विद्युतकाे तार सट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ।

पसलमा काठको काम भइरहेको समयमा तार सट भएर एक्कासी आगलागी भएको हो।आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग र गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएका छन्।

सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रण गरिएकाे र क्षतिको विवरण यकिन हुन नसकेको प्रहरीले बताएकाे हाे।