Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


विघटित एकीकृत समाजवादी कोशीका उपसचिव लामासहित २५ जना एमालेमा फर्किए


1.4k
Shares

काठमाडाैं। विघटित नेकपा एकीकृत समाजवादीका कोशी प्रदेशका उपसचिव छिरिङ लामा नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ।

उहाँ जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख समेत हुनुहुन्थ्याे। एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रसहितका दलहरूकाबीचमा एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेपछि असन्तुष्ट लामा ‘घर फर्क’ अभियान अन्तर्गत एमालेमा प्रवेश गर्नुभयाे। एमालेका पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्वो, कार्यवाहक अध्यक्ष दिपेन पोमु , पूर्वजिल्ला अध्यक्ष भूपेन्द्र थेबे लगायतले लामालाई स्वागगत गरेका थिए।

लामासँगै २५ जना समाजवादीका नेता एमाले प्रवेश गरेको जनाइएकाे छ।