Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्स विजयी

चितवन राइनोज भने ६ विकेटले पराजित

273
Shares

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्स विजयी भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएकाे पहिलाे खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेकाे हाे। साेही जितसँगै साविक विजेता जनकपुरले हारको श्रृङ्खला तोडेको छ। यसअघि लगातार ४ खेलमा पराजय भोगको जनकपुरले आफ्नो पाँचौ खेलमा जित निकालेकाे हाे।

यो जितले लिग चरणबाट बाहिरिने संघारमा रहेको जनकपुरलाई राहत मिलेको छ। यद्यपी बाँकी दुवै खेल जिते पनि शीर्ष चारमा रहेर प्लेअफमा पुग्नका लागि जनकपुरलाई सहज हुनेछैन। किनभने प्लेअफमा पुग्न चितवन र लुम्बिनी लायन्सले बाँकी सबै खेल हार्नुपर्छ।

यता पाँच मध्ये तीन खेलमा पराजय भोगेको चितवनलेको प्लेअफ यात्रा कठिन बनेको छ। अब उसलाई बाँकी रहेका दुवै खेलमा जित निकाल्नु पर्ने भएको हाे। चितवनले दिएको १ सय ७७ रनको लक्ष्य जनकपुरले १७दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेकाे थियाे।