Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


आफ्नो जलक्षेत्रमा अवैध प्रवेश गरेका जापानी जहाज निष्कासन गरेकाे चीनकाे घाेषणा


1.8k
Shares

एजेन्सी। चीनले आफ्नाे जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी माछा मार्ने जहाजलाई निष्कासन गरेको घोषणा गरेको छ।

चाइना कोस्ट गार्ड (सीसीजी) का प्रवक्ता लिउ डेजुनलाई उदृत गर्दै चीनको दियाओउ दाओ क्षेत्रको क्षेत्रीय पानीमा अवैध रूपमा प्रवेश गरेपछि जापानी माछा मार्ने जहाजलाई चेतावनीसहित निष्कासन गरिएको मंगलबार सिन्ह्वा समाचार एजेन्सीले जनाएको हाे।

सीसीजीले चीनको क्षेत्रीय सार्वभौमिकता र समुद्री अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न दियाओउ दाओको पानीमा अधिकार–संरक्षण कानून प्रवर्तन अपरेसनहरू जारी राख्ने समेत जनाएकाे छ।