Logo १६ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025


इण्डोनेसिया बाढी अपडेट: मृत्यु हुनेको संख्या ६ सय नाघ्याे, साढे ४ सय बढी बेपत्ता

५ लाख ७० हजार मानिस विस्थापित

338
Shares

एजेन्सी। इण्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा हालै आएको बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ६ सय ४ जना पुगेको छ।

अन्य ४ सय ६४ जना बेपत्ता भएको राष्ट्रिय विपद व्यवस्थापन एजेन्सीले जनाएको हाे। प्रभावित क्षेत्रहरूमा उद्धार कार्य पूर्ण गतिमा जारी रहेको छ। एजेन्सीले बाढीले उत्तरी सुमात्रा, पश्चिम सुमात्रा र आचे प्रान्तहरूमा करिब ५ लाख ७० हजार मानिसहरूलाई विस्थापित गरेको रिपोर्ट गरेको छ। सडकमा क्षति र सञ्चार सञ्जालमा अवरोधका कारण केही प्रभावित क्षेत्रहरू पहुँच योग्य छैनन्। राहत सामग्रीहरू मुख्यतया हवाई मार्गबाट पुर्‍याइएकाे जनाइएकाे छ।

इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले सरकारको उद्धार र राहत प्रयासहरू पूर्ण शक्तिका साथ अगाडि बढिरहेको बताउनुभयो।