Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


जेनजी आन्दोलनका घाइतेलाई बचाउने किशोरी ओखलढुंगाबाट चुनाव लड्दै


2.4k
Shares

काठमाडौं । जेनजी आन्दोलनमा घाइतेलाई सहयोग गरेर नाम कमाएकी किशोरी कार्कीले ओखलढुंगाबाट चुनावमा उठ्ने भएकी छन् ।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाबाट चुनावमा उठ्ने जानकारी दिएकी हुन् ।

उनले ओखलढुंगा मुटुको धड्कन, जीवनको पहिचान भएको बताउँदै लेखेकी छन्,’यही माटोमा म जन्मिएँ, यही माटोमै मेरो बुवाको सपना अधुरै छाडियो र यही माटोमै मेरी आमाले आधा जीवन आँसु पुछ्दै बिताउनु परेकाे बताएकी छन् ।