Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवसको रूपमा मनाउने सरकारको निर्णय

शहीदका परिवारका सदस्यलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने

312
Shares

काठमाडाैं। सरकारले प्रत्येक वर्षको भदौ २३ गतेलाई जेनजी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको छ।

सिंहदरबारमा साेमबार बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभएकाे हाे। उहाँका अनुसार गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा भएका परिवारका सदस्यहरुलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय समेत भएको छ। उहाँले आगामी माघ १ गतेदेखि एकै पटकमा ५ लाख रुपैयाँ वा सो भन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत मात्र गर्नेगरी गर्नेगरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको पनि बताउनुभयो।

मन्त्री खरेलले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा. कुमार शर्मा आचार्यलाई मनोनयन गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो। उहाँकाअनुसार बैठकले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि भएको छ । त्यस्तै, सरकारले श्रीलंका सरकारलाई २ लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

मन्त्री खरेलले विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको पनि बताउनुभयो।सरकारले बैकुण्ठ अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।