Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


नियमित महाधिवेशन पुसमा नभए विशेष महाधिवेशनको अवस्था आउँछ: महामन्त्री शर्मा

हस्ताक्षर केन्द्रीय कार्यालयमा सुरक्षित रहेको हेक्का राख्न सुझाव

312
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताउनुभएकाे छ।

लामो रस्साकस्सीपछि साेमबार सम्पन्न भउकाे केन्द्रीय समिति बैठकले पुस २६ र २८ गते १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हाे। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको साेही बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नियमित महाधिवेशन मिति तोकिसकेको अवस्थामा त्यसलाई धकेल्ने प्रयास गरे विशेष महाधिवेशनको अवस्था आउने बताउनुभयाे।

उहाँले अझै पनि विशेष महाधिवेशन माग गर्दै गरिएको हस्ताक्षर केन्द्रीय कार्यालयमा सुरक्षित रहेको हेक्का राख्न सुझाव दिनुभएकाे छ। महामन्त्री शर्माले सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशनबाट आफू बिदा लिन्छु भनिसकेको अवस्थामा सभापतिलाई विशेष महाधिवेशनमा तान्न नहुने बताउनुभयाे।

नियमित महाधिवेशनका साथै निर्वाचनको तयारीमा जुट्नुपर्ने बताउदै उहाँले संशोधन हुने विधानले युवालाई समेट्ने भएकाले सबै तहमा नेतृत्व लिन तयार भएर बस्न आह्वान गर्नुभएकाे छ।