Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


काठमाडौंका मेयर बालेनका पिता शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि

पिताकाे दाह-संस्कारमा मेयर बालेन भावविह्वल

1.7k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का पिता डा. रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा शाहको साेमबार मध्यान्ह ७७ वर्षको उमेरमा निधन भएको थियो। उहाँ लामो समयदेखि मधुमेहका बिरामी भएकाे जनाइएकाे छ। पछिल्लो समय शाह पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित हुनुभएकाे थियाे। मेयर बालेन पिताकाे दाह-संस्कारमा भावविह्वल देखिनुभएकाे थियाे।

मेयर बालेन-उहाँकी पत्नी र परिवारका सदस्यहरू अस्पतालमा जम्मा भएका थिए । उनीहरु सबै भावविव्हल बनेका छन् । मेयर बालेन निकट केही नेताहरू पनि अस्पतालमा देखिएका छन् । खेलकुदमन्त्री बब्लु गुप्ता, पूर्वशिक्षामन्त्री सुमना, श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुली र विवेकशील साझाका नेता मिलन पाण्डे लगायत अस्पताल पुगेका थिए। अस्पतालमा बाक्लो संख्यामा शुभेच्छुकको उपस्थिति रहेको थियो।

त्यसैगरी खेलकुदमन्त्री गुप्ता र उपसभामुख इन्दिरा रानामगरदेखि कलाकार निश्चल बस्नेतसम्मको डा. शाहप्रति श्रद्धान्जली दिन आर्यघाटमा उपस्थित रहेकाे छ। त्यसैगरी आर्यघाटमा सयौं शुभेच्छुकहरूको समेत उपस्थिति रहेको थियाे।