Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


दक्षिणपूर्वी एशियाका ४ देशमा बाढीकाे वितण्डा

बाढीमा परी १ हजार जनाको मृत्यु, सयौं मानिस अझै बेपत्ता-अर्बौं डलर बरारबको भौतिक क्षति

871
Shares

एजेन्सी। श्रीलंका, थाइल्याण्ड, मलेसिया र इन्डोनेसिया लगायतका देशहरुमा पछिल्लो समय आएको बाढीमा परी करिब १ हजार जनाको मृत्यु भएको छ।

श्रीलंका र थाइल्याण्डमा गत हप्ता अविरल वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएकोमा यो हप्ता इण्डोनेसियामा बाढी र पहिरोले तवाह मच्चाएको हो। श्रीलंकाको सम्पूर्ण टापु क्षेत्र, इण्डोनेसियाको सुमात्रा द्वीप, दक्षिणी थाइल्यान्ड र उत्तरी मलेसियाका ठूलो भू-भागमा मुसलधारे वर्षापछि आएको बाढी पहिरोमा परि त्यति ठूलो मानवीय क्षति भएको छ।

यसैबीच, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले बाढीग्रस्त उत्तरी सुमात्रा द्विपमा पुगेर निरिक्षण गरि घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ। सुवियान्तोमाथि बढ्दो जनदबाबकाबीच, बाढी र भूस्खलनमा करिब ४ सय ४२ जनाको मृत्यु भइसकेको छ। सयौं मानिसहरु अझै बेपत्ता रहेको अवस्थामा राष्ट्रिय आपत्काल घोषणा गर्नुपर्ने माग बढ्दै गएको समाचारमा जनाइएको छ।

सन् २०१८ मा सुलावेसीमा आएको भूकम्प तथा त्यसपछिको सुनामीपछि प्राकृतिक विपत्तिमा इन्डोनेसियाले भोगेको यो सबै भन्दा ठूलो क्षति भएको बताइएको छ। यसैगरी पशु चौपाया तथा अन्य भौतिक क्षति अर्बौं डलर बराबरको भएको अनुमान गरिएको हाे। चक्रवात ‘दितवाह’ बाट उत्पन्न मौसमी प्रणालीले ती देशहरुमा ठूलो वर्षा गराएको छ।