Logo १५ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025


बैंकले ‘लोन प्याकेज’ पुनरावलोकन गर्नुपर्छः गभर्नर पौडेल


702
Shares

काठमाडाैं। नेपाल राष्ट्र बैंकका डा.गभर्नर विश्वनाथ पौडेलले बैंकहरुले ‘लोन प्याकेज’ हरु पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ।

काठमाडाैंमा सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औं वार्षिक साधारण सभामा गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउनुभएकाे हाे। उहाँले अब बैंकहरुले त्यस्ता प्याकेजहरु पुनरावलोकन गर्ने बेला आएको बताउनुभयो । गभर्नर पौडेलका अनुसार उद्योगी, व्यवसायीहरुसँग छलफल गरेर बैंकका सिईओहरुले त्यस्ता प्याकेजहरु डिजाइन गर्नुपर्छ। अहिलेका प्याकेजहरु त्यसरी डिजाइन नगर्दा प्रभावकारी रुपमा ऋण प्रवाह हुन सकेको छैन र ब्यापक रुपमा बैंकमा पैसा थ्रुपिएको छ। उहाँले बैंकहरुको प्रोडक्ट मौद्रिक नीतिअनुसार नआउने गरेको समेत बताउनुभयो।

गभर्नर पौडेलले यसविषयमा बैंकका सिईओसँग आगामी हप्ता छलफल समेत आफूले गर्न लागेको बताउनुभएकाे छ।पौडेलका अनुसार अहिलेका बैंकहरुको प्रोडक्टरहरु कत्तिको प्रभावकारी छन् त्यसबारे समीक्षा हुने भएकाे हाे। उहाँले मौद्रिक नीतिलाई थप लचिलो बनाइएको बताउँदै यसले कृषि र पर्यटन लगायतका उद्यमी व्यवसायीले ऋणका लागि सहजता थप्ने बताउनुभयो। राष्ट्र बैंकको नीतिकै कारण कुनै उद्योगी व्यवसायीलाई समस्यामा पर्ने आवस्था आउन नदिने समेत उहाँकाे भनाइ छ।

गभर्नर पौडेलले बैंकहरुलाई महानगरभित्र शाखा खोल्ने र गाँभ्नेमा मौद्रिक नीतिले स्वतन्त्र छाडिदिएको बताउनुभयो । त्यसले बैंकहरुले नाफा बढाएर मुनाफा खुलाउन सघाउ पुग्ने आफूले विश्वास लिएको समेत बताउनुभएकाे छ। राष्ट्र बैंकले बैंकहरुलाई महानगरभित्र शाखा खोल्न र बन्द गर्न स्वतन्त्रता दिएको थियो।