काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।
आईतवार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य समेत प्रतितोला ४५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आईतवार प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार ३ हजार ५ सय ३५ रुपैयाँ कायम भएको छ ।





प्रतिक्रिया दिनुहोस्