काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएकोे प्रतिनिधिसभा चुनावका लागि १ सय ६८ वटा मतदानस्थल थप गरेको छ ।
आयोगको हिजो बसेको बैठकले १ सय ६८ वटा मतदानस्थल थप गर्ने निर्णय गरेको हो । बैठकले मतदातालाई अपायक परेका, जीर्ण रहेका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज गरेको छ ।
मतदानस्थल थपघट गरिएसँगै अब देशभर १० हजार ९६७ मतदानस्थल कायम भएकोछ । यसअघि देशभर १० हजार ८९२ मा ७५ वटा मतदानस्थल रहेका थिए ।
यस्तै आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा मौज्दातमा रहेको मतपेटिका पनि प्रयोग गर्ने भएको छ । आयोगले अघिल्लो पटकको चुनावमा खरिद गरेर मौज्दात रहेका ९० हजार मतपेटिका प्रयोग गर्ने र नपुग हुने ४५ हजार मतपेटिका खरिद गर्ने निर्णय गरेको छ ।
त्यस्तै आयोगले मतपत्र छपाइका लागि अघिल्लो पटक खरिद गरेर मौज्दात रहेको कागज पनि प्रयोग गर्ने भएको छ । आयोगलाई मतपत्र छपाइका लागि ३ सय मेट्रिक टन कागज आवश्यक हुन्छ तर आयोगसँग ५ सय ६६ मेट्रिक टन कागज मौज्दात छ ।





प्रतिक्रिया दिनुहोस्